Sivira in Taplejung

मिस मंगोल नेपाल–२०१९ सिभिरा लामालाई गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत तथा सम्मान गरिएको छ । ‘पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६’को अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय योगेश भट्टराई, उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष एवं ‘पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव–२०७६’का संयोजक तारा घिमिरेका साथै वालुङ उत्थान समाज, तोक्पेगोला सेवा समाजलगायतले मिस मंगोल नेपालको उपाधि जितेर ताप्लेजुङको सान र मान बढाएको भन्दै सिभिरा लामालाई सम्मान गरिएको हो ।