मिस मंगोल बागमतीको उपाधि विजेता प्रदिका महर्जनलाई गायत्री एन्ड सन्स् प्रालीले बधाईसहित आफ्नो गुडविल एम्बासडर घोषणा गरेको छ । मिस मंगोल नेपाल २०२१ मा समावेश गरिएका विभिन्न उपाधीमध्ये मिस मंगोल बागमतीका लागि गायत्री एन्ड सन्स् प्रालीको प्रायोजन रहेको थियो । प्रदिकालाई कम्पनीले कुपण्डोलस्थित आफ्नो प्रधान कार्यालयमा विशेष कार्यक्रमसहित केट काटेर बधाई पनि दिएको छ । आगामी एक वर्ष गायत्री एन्ड सन्स् प्रालीका लागि प्रदिकाले गुडविल एम्बासडरका रुपमा काम गर्ने छिन् ।