मिस मंगोल नेपाल २०२१ का सहभागीले सांस्कृतिक सम्पदा क्षेत्रको भ्रमण गरेका छन् । काठमाडौंको न्युरोडस्थित वसन्तपुर दरबारक्षेत्र पुग्दा कतिपय प्रतियोगीले आश्चर्य मानेका थिए । कोतपर्व भएको स्थान, शाह वंशीय राजाहरुले श्रीपेज लगाउने स्थान नासल चोक, तलेजु भवानीको मन्दिर, काठमाडौं वसन्तपुरस्थित कुुमारी घर, हनुमानढोका संग्राहलयलगायत विभिन्न भागको अवलोकन गरेका थिए । प्रतियोगीहरुलाई शार्दुल जंग गुल्मका गुल्मपति ९गुर्जु पल्टन० असिम श्रेष्ठले स्वागतसहित अडियो भिजुअलमार्फत हनुमानढोका दरबार क्षेत्रका बारेमा जानकारी दिनुका साथै स्थलगत अवलोकन गराएका थिए ।