मिस मंगोल नेपाल २०२१ का प्रतियोगीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । मिस ट्यालेन्ट उपाधिका लागि भएको प्रतिष्पर्धामा सहभागीहरुले गीत, नृत्य, अभिनय, वतृत्वकला, कविता वाचनलगायत विभिन्न विधामार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतिलाई सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व एसएसपी दीपक रञ्जित, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, आईआईएफटीका प्रोप्राइटर फुपुतेन्जिङ शेर्पा र मिस मंगोल नेपाल २०१९ की फस्ट रनरअप रेनुका पुनले मुल्यांकन गरेका थिए । आफूले रचना गरेको कविता वाचनमार्फत खोटाङकी सान्त्वना राईले मिस ट्यालेन्टको उपालधी हात पार्न सफल भइन् ।